‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा

नातिकाजी स्मृति समाजले आइतबार ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा गरेको छ । शम्भूजीत बास्कोटाको अध्यक्षतामा समाजको सम्पन्न बैठकले सम्मान तथा पुरस्कारको निर्णय गरेको हो ।

नेपाली मौलिक गीत, सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टाहरूलाई प्रदान गरिने पुरस्कार तथा सम्मान मध्ये यो वर्षको ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान २०७८’ गीतकार मन बहादुर मुखिया, रेकर्डिष्ट दीप तुलाधर, गायक प्रदीपराज पाण्डे, सङ्गीत संयोजक फणीन्द्र राई, गायक बिके राना, कन्हैया सिंह परियार, गीतकार शुभ मुकारुङ, अमर बान्तुलाई प्रदान गरिने भएको छ ।

Leave a Reply