‘नाई न भन्नु ल ६’को छायाँकनमा आँचल र आर्शिवादको रोमान्स(फोटोफिचर)

चलचित्र ‘नाईँ नभन्नू ल’को छैटौं सिरिज ‘नाइँ नभन्नु ल ६’को अहिले धमाधम छायांकन भइरहेको छ । चलचित्रको अहिले झापाको विर्तामोडमा छायांकन भइरहेको छ । आँचल शर्मा, आशिर्वाद बराल, आयुषा तामाङ अहिले विर्तामोडमा चलचित्र सेटमा छन् ।

यसैक्रममा चलचित्रको छायाँकनबाट केही तस्बिर बाहिरिएका छन् । जंगलभित्र खिचिएको तस्विरमा चलचित्रका मुख्य कलाकार आर्शिवाद र आँचललाई रोमान्टिक अन्दाजमा एकअर्काको अंगालोमा बाँधिएको देख्न सकिन्छ । चलचित्रको चुनावको लागि तीन दिन छायांकन रोकिने छ । त्यसपछि विर्तामोडबाट फर्किएर बाँकी छायांकन काठमाडौंमा हुने छ ।

विकासराज आचार्यको निर्देशन रहेको चलचित्र २०८० सालको बैशाख १ गते प्रदर्शन हुने भएको छ । सोही मितिमा झरना थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘भगवत् गीता’ र अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनीत ‘जारी’ पनि प्रदर्शनमा आउने तय भइसकेको छ ।

‘नाईं नभन्नू ल ६’मा आँचल र आर्शिवादसँगै योगिशा खत्री, अर्थव उप्रेती, एभलिना खड्कालगायतको अभिनय छ । अथर्व अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुईंटेलका छोरा हुन् । चलचित्रमा उनी नव-अभिनेता आर्शिवाद क्षेत्रीको बाल्यकालको भूमिकामा देखिनेछन् । एभलिना भने टिकटकमा निकै हिट छिन् । आख्यान फिल्म्सको ब्यानरमा सिविन दाहाल र सञ्जय न्यौपाने निर्माता रहेको चलचित्रमा आशीर्वाद र आँचलको जोडी बाँधिएको छ ।

त्यस्तै,‘नाईँ नभन्नू ल’को दोस्रो श्रृंखलादेखि आवद्ध कलाकार अनुभव रेग्मी छैटौं सिरिजमा केमियो भूमिका मात्र रहनेछ । विकासराज आचार्य र सामिप्यराज तिमल्सिनाको कथा रहेको यस चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन छ ।

Leave a Reply