गायक राजु लामाले आरोहण गरे सर्वोच्च शिखर सगरमाथा

गायक राजु लामाले सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । उनी सोमबार बिहान सगरमाथाको चुचुरोमा पुग्न सफल भएका हुन् । इम्याजिन नेपाल एक्सपिडिसनले आफ्नो टिमले बिहान ४ बजेदेखि ६ बजेर ४० मिनेटसम्म सबै जना सगरमाथाको चुचुरोमा पुगेको सामाजिक संजालमार्फत सार्वजनिक गरेको छ ।

इम्याजिन नेपाल एक्सपिडिसनका तर्फबाट २७ जनाले सगरमाथा चुमेका छन् । आरोहण दलको नेतृत्व मिङ्मा जीले गरेका थिए । उनले भने अक्सिजनबिनै चुचुरो चढेको जनाइएको छ । इम्याजिन नेपाल एक्सपिडिसन ग्रुपमा नेपाल, चीन, अष्ट्रेलिया, रुस लगायतका आरोही सहभागि छन् ।

Leave a Reply