अभिनेता विवेक ओबरोय परिवारसहित नेपाल आइपुगे

बलिउड सुपरस्टार विवेक ओबरोय परिवारसहित बुधबार काठमाडौं आइपुगेका छन् । उनी एक हप्ताका लागि नेपाल भ्रमणमा आएका छन् । साँझ ६ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनलाई व्यवसायी पुनम यादवले नेपाली ढाकाटोपी लगाएर स्वागत गरेकी थिइन् । विवेक यादवकै आग्रह र पहलमा नेपाल आएका हुन् । उनीहरुबीच पारिवारिक सम्बन्ध समेत छ ।

नेपाल भ्रमणमा आउने भएका छन् । उनी यही डिसेम्बर १४ तारिख (मंसिर २८ गते) नेपाल आउन लागेका हुन् । उनले एक भिडियो सन्देशमार्फत् आफू श्रीमती, सन्तान र आमा-बुबाको साथमा नेपाल आउन लागेको जानकारी दिँदै नेपालको विभिन्न ठाउँ घुम्ने बताएका छन् । उनलाई व्यवसायी तथा नेतृ पुनम यादवको सुमहले नेपाल ल्याउन लागेको हो ।

नेपाली व्यवसायी पुनम यादवको पहलमा आएका उनले पशुपतिनाथ मन्दिरको दर्शनसँगै नेपालका पर्यटकीय थलो घुम्ने कार्यक्रम छ ।

Leave a Reply