चलचित्र ‘रिभेन्ज लभ’को ट्रेलर सार्वजनिक

मन्दिप राना निर्देशित तेस्रो चलचित्र रिभेन्ज लभको ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको सार्वजनिक ट्रेलरमा नयाँ तथा पुराना कलाकारकको अभिनय रहेको छ । पोखराका युवाहरुले मिलेर चलचित्र निर्माण गरेका हुन् ।

चलचित्रमा काम गर्ने कलाकार तथा प्राविधिक पनि अधिकांश पोखरा कै छन् । प्रेममा बदला र समर्पणको कथाबस्तु मनोरञ्जनात्मक तवरले प्रस्तुत गरिएको निर्देशक मन्दिप राना बताउँछन । श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा एक्सन, कोरीयोग्राफि र निर्देशन मन्दिप रानाको छ ।

निर्माता नवीन घतानेको गीत रचना, देशभक्त सिंह कुँवरको संगीत, रजनी राई र बिजय कुमारको स्वर रहेको चलचित्रमा मेकअप मोहन लामा, छायांकन राहुल राई, पोस्टर डिजाइन सबिन गायक, सम्पादन नेत्र गुरुङ र अशोक आलेको छ । सिनेमाको निर्मातामा नवीन घताने र श्याम शुक्ला फिल्म प्रोडक्सन तथा सह(निर्मातामा बिजय कुमार, गीत सुनार र लक्ष्मी सुनारको रहेका छन् ।
सिनेमाका निर्माता नवीन घताने, देशभक्त सिंह कुँवर, बिजय कुमार, अबिराज बिसी, अर्जुन गिरि, गीत सुनार, रोशनि सुनैना, सुस्मिता परियार, तुलसा क्षेत्री, लक्ष्मण रोका लगायतका कलाकारको अभिनय रहेको छ । श्याम शुक्ला प्रोडक्सनले डिजिटल राइट्स सिनेमा आगामी पौष १५ ल्होसारको अवसरमा हलमा नभई सिधै युट्यबमा रिलिज हुनेछ ।

Leave a Reply