‘लाखे’को आइटम गीत ‘तिम्रो पिरेम’ सार्वजनिक(फोटोफिचर र भिडियो)

सस्पेन्स थ्रीलर जनराको प्रतिक्षित चलचित्र ‘लाखे’को आइटम गीत सार्वजनिक भएको छ । काठमाडौंमा आइतवार आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘तिम्रो पिरेम’ बोलको गीतमा हर्कुलस बस्नेत र सदिक्षा कट्टेलको स्वर रहेको छ । गीतमा संगीत तथा शब्द रचना गायक बस्नेतको छ । गीतमा अभिनेता द्वय अनुपविक्रम शाही र आर्यन अधिकारी नृत्य गर्दै देखिएका छन् भने सौगात मल्ल र सुशील पनि गीतमा फिचर्ड छन् । भिडियोमा सौरभ लामाको छायांकन छ भने सन्देश शाहले सम्पादन गरेका हुन् ।


आगामी कात्तिक १८ गतेबाट प्रदर्शन हुन लागेको सम्राट बस्नेत निर्देशित चलचित्रमा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा,आर्यन अधिकारी, वर्षा राउत,रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् ।

सिजन अर्यालको कथा र निर्माण रहेको चलचित्रको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रसुजन प्रजापतिले खिचेका हुन् भने कोरियोग्राफी कविराज गहतराजको छ । निर्देशक सम्राटकै द्धन्द्ध निर्देशन रहेको चलचित्रका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ ।

औरियन प्रोडक्सनले ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको चलचित्रको पटकथा आकाश बरालले हुन भने सम्वादमा उनलाई अनुप न्यौपाने सघाएका छन् । चलचित्रलाई आरआर फिल्मस्ले बितरण गर्ने चलचित्र अर्जुन जिसीले सम्पादन गरेका हुन । मल्टि स्टारकास्ट युक्त चलचित्र स्वेदशसँगै थुप्रै देशमा प्रदर्शन गर्ने तयारी गरिएको छ ।

Leave a Reply