‘ऐना झ्यालको पुतली’ले भारतको ‘कौटिक फिल्म फेस्टिभल’मा जित्यो चार विधामा सर्वोत्कृस्ट अवार्ड

सुजित बिडारीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘ऐना झ्यालको पुतली’ भारतको प्रतिष्ठित कौतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा चार विधामा अवार्ड जित्न सफल भएको छ । चलचित्रले सर्वोत्कृष्ट फिल्म, सर्वोत्कृष्ट सम्पादन, सर्वोत्कृष्ट अभिनेता र अभिनेत्री विधामा अवार्ड जित्न सफल भएको हो । सम्पादक किरण श्रेष्ठ, कञ्चन चिमरियाले अभिनेत्री र दिनेश खत्रीले अभिनेतातर्फ अवार्ड प्राप्त गरे ।

ओस्कार अवार्डको ९५औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सुजित बिडारीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त चलचित्रमध्येबाट ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो ।

‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिनफिल्म फेस्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्ड जस्ता विश्वका प्रतिष्ठित चलचित्र फेस्टिभलमा छनौट भइसकेको चलचित्र हो । बुसानमा सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यू करेन्ट सेक्सन’ छानिने पहिलो नेपाली चलचित्रको रुपमा इतिहास बनाएको चलचित्रले ढाकामा सुजित बिडारीलाई उत्कृष्ट निर्देशकको अवार्ड विजेता बनाएको थियो ।

लेखक/ निर्देशकको रुपमा ‘ऐना झ्यालको पुतली’ फिचर फिल्मतर्फ सुजितको डेब्यू हो । सुजितले यसअघि ‘सावित्री’को लेखन तथा निर्देशन गरेका थिएजुन १४ मिनेट अवधिको लघु फिल्म थियो ।

चलचित्रले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया किशोरीको सहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ । तर जतिचोटी उनी सपनाको नजिक पुग्छिन् कुनै न कुनै बाधा आइपरेर उनको त्यो सपनाभताभुंग हुन्छ । सुजितले किशोरीको पढ्ने सपनालाई ऐना जस्तो झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेर कथानक तयार गरेको बताए ।

सवा करोड हाराहारीको बजेटमा बनेको फिल्ममा सिरु बिष्ट, कञ्चनचिमरिया, दिनेश खत्री, राजथापा, बिशाचामलिङ राई, उमेश श्रेष्ठ, मल्लिकाश्रेष्ठ आदिकलाकारको अभिनय रहेको छ । सिरु बिष्टबाहेक फिल्मका अधिकांश कलाकार नयाँ हुन् ।

Leave a Reply