अनमोल केसीको ग्याङस्टर चलचित्र ‘छड्के २’को टिजर सार्वजनिक

फागुन १९ मा रिलिज हुने अनमोल केसी स्टारर चलचित्र ‘छड्के २’को टिजर सार्वजनिक भएको छ । १.४६ मिनेट लामो टिजरले ग्याङस्टरको कथा भन्छ । मनाङको सुन्दर पठारबाट सुरु भएको टिजर चितवनको फाँटमा सकिएको छ ।

टिजरमा मुख्य चरित्र चित्रण गरिएको छ । चलचित्रले मनाङको प्राकृतिक स्रोत हत्याउन संघर्ष गर्ने तीन ग्याङको कथा भन्छ । रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको लडाइँ टिजरमा देख्न सकिन्छ । ग्रीन ग्याङको नाइकेको रुपमा अनमोल छन् । उनि मेनडगको भूमिकामा छन् ।

मेगास्टार अनमोलको यो पहिलो ग्याङस्टर चलचित्र हो । उनको चरित्र र हुलियाले दर्शकको मन जित्छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा तयार चलचित्रमा अनमोलसंगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ ।

यस्तै रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी र कुमार घलानले यो चलचित्रबाट अभिनयमा डेब्यु गरेका छन् । मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको चलचित्रमा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी/लोकेश बज्राचार्यको सम्पादन छ ।

निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रमा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेका छन् । भने कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

Leave a Reply