सलोन र करिश्माको बिहेको भिडियो १० लाखमा बिक्री

अभिनेता सलोन बस्नेत गत मंसिर १२ गते प्रेमिका करिश्मा केसीसँग विवाह बन्धनमा बाँधिए । करिश्मा पेशाले एयर होस्टेस् हुन् । सलोन र करिश्मा तीन वर्षको प्रेमलाई विवाहमा परिणत गरेका हुन्। उनीहरुले ‘यति माया गर्दा पनि’ बोलको एक म्यूजिक भिडियोमा अभिनय समेत गरेका छन् ।

यसैक्रममा अभिनेता सलोन र करिश्माको बिहे भिडियो १० लाखमा बिक्री गरीएको छ । सलोन र करिश्माले बिहेको भिडियोको डिजिटल राइट्स बिक्री गरेका छन् । सलोन-करिश्माको विवाहको भिडियो ओएसआर डिजिटलले १० लाखमा किनेको हो । मेहेन्दी, विवाह र पार्टीको भिडियोको साथमा दुवैको नयाँ म्युजिक भिडियो ‘राजा रानी’ ४ वटा भिडियो १० लाख बराबारको एमजीमा बिक्री गरिएको हो । उनीहरुको बिहेको भिडियोको ३ वटा श्रृङ्खला ओएसआर डिजिटलबाट सार्वजनिक हुनेछ ।

बलिउड तथा हलिउडका कलाकारले आफ्नो बिहेको भिडियो डिजिटल प्लेटफर्ममा बेचेर महंगो रकम हात पारेको खबरहरु सार्वजनिक भैरहेका हुन्छन् । नेपालमा भने विवाहको भिडियो बेचिएको यो सम्भवत पहिलोपटक नै हो । नेपाली सेलिब्रिटीले भने बिहेको भिडियो आफ्नै युट्युब च्यानलमा अपलोड गर्ने गरेका छन् ।

‘राजा रानी’ गीत भने अभिनेता आमेशले सलोन र करिश्मालाई विवाहको उपहार स्वरुप दिएका हुन्। रिसेप्सनमा सार्वजनिक गरिएको ‘राजा रानी’ बोलको गीत आइतवार राजधानीमा एक कार्यक्रमका बीच युट्युब रिलिज गरिएको हो । ‘सलोमा’ वेडिङ भिडियोमा उनीहरुको विवाहलाई उतारिएको छ ।

गीतमा आमेश र गायिका सुनिता थेगिमको स्वर छ भने आमेशकै शब्द रचना तथा संगीत छ । गीत सार्वजनिक कार्यक्रममा नवविवाहित जोडीसँगै निर्देशक शोभित बस्नेत, उनकी छोरी सलिना बस्नेत र आमेश भण्डारी उपस्थित थिए ।

Leave a Reply