‘लाइगर’ फ्लप भएपछि विजय देवरकोन्डाले ६ करोड रुपैयाँ क्षतिपूर्ति दिने

अभिनेता विजय देवरकोन्डाको बलिउड डेब्यू चलचित्र ‘लाइगर’, जुन सबैभन्दा ठूलो चलचित्रहरू मध्ये एक थियो, बक्स अफिस र दर्शकहरूमाझ नराम्ररी असफल भयो र त्यसले कलाकार र निर्मातालाई ठूलो घाटा र झट्का दिएको छ ।

चलचित्र असफल भएपछि विजयले क्षतिको क्षतिपूर्ति गर्ने निर्णय गरेका छन्। ‘लाइगर’ सय करोडको बजेटमा बनेको चलचित्र हो । तर, चलचित्रको लाइफटाइम कलेक्सन ५० करोड पनि नपुग्ने देखिन्छ । अर्थात् फिल्म ‘डिजास्टर’ भएको छ । चलचित्रको असफलताले निर्मातालाई ठूलो आर्थिक घाटा भएपछि विजयले आफ्नो पारिश्रमिकबाट ६ करोड भारु फिर्ता गर्ने भएका छन् । ‘लाइगर’का लागि उनले २०/२५ करोड पारिश्रमिक बुझेको इन्डिया टूडेले उल्लेख गरेको छ ।

Leave a Reply