नम्रता र भोलाको ‘डेसान’को ट्रेलर सार्वजनिक

सामाजिक बिषयमा निर्माण गरिएको चलचित्र ‘डेसान’ को ट्रेलर सार्वजनीक गरिएको छ । मंसिर २३ गते प्रदर्शन हुने चलचित्रको करिब पौने २ मिनेट लामो ट्रेलरमा नारी सम्वेदना, पारिवारिक प्रेम, धोका तथा बिखण्ड र असमझदारीको कथा प्रस्तुत गरेको देखिन्छ । कमल एक्चै मगर निर्देशित चलचित्रमा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारुमगरलगायतको अभिनय छ ।

चलचित्रका सबै प्रमुख कलाकार समेटिएको ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । कोरोना महामारीको त्रासादी कालमा निकै सकसका साथ छायांकन गरिएको चलचित्रले दर्शकलाई नौलो स्वद पस्कने दावी निर्देशक मगरको छ । निकै असहज परिस्थितमा छायांकन गरिएको चलचित्रप्रति यसका कलाकारहरु पनि आशावादी छन् ।

अभिनेत्री नम्रता र अभिनेता भोला सापकोटाले ‘डेसान’ हरेक परिवार तथा समाजको कथा भएकाले सबैले हेर्नुपर्ने दावी गर्ने गरेका छन् । यसै चलचित्रबाट ठूलो पर्दामा प्रस्तुत भएका नवअभिनेता निशान र अभिनेत्री पुनम पनि दर्शकको माया पाउनेमा बिश्वस्त छन् ।

पर्फमिङ आर्ट कृएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको चलचित्रको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनले खिचेको चलचित्रमा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा प्रताप दास र प्रबिशा अधिकारीको स्वर तथा अजय स्याङतेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन गरेको चलचित्रको बितरण एफडि,जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ ।
हेर्नुस् ट्रेलर-

Leave a Reply