पल र मलिकाको ‘तिम्रो मनमा ए कान्छा'(तस्विरहरु र भिडियोसहित)

पछिल्लो समय निकै रुचाइएको पीएम जोडी अर्थात् नायक पल शाह र नायिका मलिका महत फिचर्ड ‘तिम्रो मनमा ए कान्छा’को फिमेल भर्सन गीत शनिबार सार्वजनिक भएको छ । शनिवार राजधानीमा पत्रकार सम्मेलन गरेर गीत सार्वजनिक गरिएको हो ।

केन्द्र मोसन्सको आधिकारिक युट्युब च्यानल मार्फत भिडियोलाई सार्वजनिक गरिएको हो । डान्सिङ नम्बर रहेको गीतमा निकिता थापाको स्वर र निमा राईको संगीत रहेको छ । गीतको भिडियोलाई सान थापाले निर्देशन गरेका हुन् । पल र मलिकाले यसअघि केन्द्र मोसन पिक्चर्सकै दुई हिट म्युजिक भिडिओ तिमी टाढा भएपनि र फुलबुट्टे सारीमा अभिनय गरेका छन् ।

Leave a Reply