साम्राज्ञीको ‘लण्डन टु पेरिस’को छायांकन पेरिसको आइफिल टावरमा हुने

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘लण्डन टु पेरिस’को फ्रान्सको राजधानी पेरिसस्थित प्रसिद्ध आइफिल टावरमा छायांकन हुने भएको छ । चलचित्रको बाँकी २५ प्रतिशत छायांकन अर्को सातादेखि पेरिसका विभिन्न ठाउँमा हुने बताईएको छ।

चलचित्र आगामी फागुन ५ गते देशव्यापी प्रदर्शन हुने छ । चलचित्रमा साम्राज्ञी र गरिमासहित निश्चल खड्का, कबीर खड्का र मनिष श्रेष्ठको प्रमुख भूमिका छ । चलचित्र ‘पञ्चेबाजा’का निर्देशक घनश्याम लामिछानेको निर्देशनमा बन्न लागेको यस चलचित्रलाई ट्राभल लभस्टोरी भनिएको छ ।

फिल्मका मुख्य कलाकारहरु साम्राज्ञी र निश्चल खड्कालाई लिएर निर्देशक लामिछाने अर्को साता पेरिस उड्दैछन् ।

भ्यालेन्टाइन्स डे अर्थात् फागुन ५ गते रिलिज हुने तयारीमा रहेको फिल्मको अघिल्लो चरणको छायांकन बेलायतमा भइसकेको छ ।

Leave a Reply