‘दुई नम्बरी’को प्रमोसनका लागि भुटानी अभिनेत्री उगेन छोदेन नेपालमा

चलचित्र ‘२ नम्बरी’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्न लागेकी भुटानी अभिनेत्री उगेन छोदेन नेपाल आइपुगेकी छन् । चलचित्रको प्रमोसनका लागि भुटानी अभिनेत्री छोदेन विहिबार काठमाण्डौं आइपुगेकी छन् । उनी केही समय अगाडि चलचित्रको छायांकन सकाएर भुटान फर्किएकी थिइन् ।

निर्देशक दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रमा उगेनसँगै दयाहाङ राई, सौगात मल्, उपासना सिंह ठकुरी र बुद्धि तामाङको मुख्य भूमिका रहेको छ । चलचित्रमा दयाहाङ र उगेन तथा सौगात र उपासनाको जोडी बाँधिएको छ।

एउटा सुन्दर गाउँका २ जना साथी, उनीहरुको मित्रता र दुश्मनीको कथामा बन्ने चलचित्र ‘२ नम्बरी’ले समाजमा हुने गरेका २ नम्बरी कामलाई पनि उठान गर्नेछ । रेड बर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएक चलचित्रमा कार्यकारी निर्माताको रुपमा किरण नेपाली छन् । चलचित्रमा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र अमलादेवी राईको लगानी छ । भने, कार्यकारी निर्माता सरोज नेपाली हुन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

Leave a Reply