बाबु बोगटीको ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक

गायक बाबु बोगटीले २०६१ सालमा सार्वजनिक भएको आफ्नो चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक गरेका छन् । ज्ञानीकुमारी बोगटीको शब्द रहेको गीतमा संगीत छ भने नयाँ भर्सनको एरेन्ज मोहित मुनालले गरेका छन् ।

रिमेक भर्सनको भिडियोमा बाबु बोगटी, पुष्प खड्का, प्रिज्मा र प्रिन्सी खतिवडा फिचर्ड छन् । ओरिजिनल भर्सनको भिडियोमा बाबु र नन्दिता केसी फिचर्ड थिए भने भिडियोको निर्देशन आलोक नेम्बाङले गरेका थिए । प्रहिल कार्कीले निर्देशन गरेको भिडियोमा उत्तम हुमागाईंको छायांकन र माधव बेल्वासेको सम्पादन रहेको छ । सुरेन्द्र बसेलले भिडियोमा कोरियोग्राफी गरेका छन् ।

Leave a Reply