आगामी वर्षको दशैंमा ‘छक्का पञ्जा ४’

वि.सं २०७७ सालको दशैंको फूलपातिमा प्रदर्शन मिति तय गर्दै नाम नै ब्रान्ड बनिसकेको चलचित्र ‘छक्का पञ्जा’को चौथो सिरिज चलचित्र ‘छक्का पञ्जा ४’को घोषणा गरिएको छ ।

‘छक्का पञ्जा ३’पछि ‘छ माया छपक्कै’ निर्माण गरेका दीपकराज गिरी र टिमले फेरि ‘छक्का पञ्जा’कै सिरिजलाई निरन्तरता दिँदै निर्माता, लेखक तथा कलाकार दीपकराजले ‘छक्का पञ्जा ४’ निर्माण गर्न लागेको जानकारी दिएका छन् । दीपकका अनुसार, दीपाश्री निरौलाले नै निर्देशन गर्ने चलचित्रमा अहिले कथा लेख्ने काम सुरु भएको छ ।

चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपालको अभिनय रहने पक्का छ भने चलचित्रको मुख्य अभिनेत्री पनि केही समयमा नै फाइनल हुने भएको छ । काठमाण्डौमा जीजीए ग्रुप र रीच इन्टरटेन्मेन्टले वितरण गर्ने ‘छक्का पञ्जा ४’लाई सिरिज भन्दा पनि सिक्वेलको रूपमा अगाडि बढाउने तयारीमा छौँ । नेपाली चलचित्रको इतिहासमै सर्वाधिक ग्रस कलेक्शन गर्ने रेकर्ड ‘छक्का पञ्जा’का ३ वटा सिरिजले राखेको हुँदा ‘छक्का पञ्जा ३’को कथा जहाँ सकिएको थियो, ‘छक्का पञ्जा ४’को कथा त्यहीँबाट सुरु हुनेछ ।

आगामी वर्षको दसैँमा पनि नेपाली चलचित्रबिच ठुलो भिडन्त हुने देखिएको छ । अर्को वर्षको दसैँका लागि अहिलेसम्म मह जोडीको नयाँ चलचित्र र अशोक शर्माको ‘अल्लारे २’ ले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । त्यस्तै, ‘ए मेरो हजुर ४’ र ‘आइ एम ट्वान्टिवान’ पनि प्रदर्शनमा आउने चर्चा छ ।

Leave a Reply