‘हेल्लो जिन्दगी’ का लागि चार वर्षपछि स्वदेश आए अभिनेता बिक्रम

बेलायत निवासी अभिनेता तथा निर्माता बिक्रम डि जोशी आफ्नो चलचित्र ‘हेल्लो जिन्दगी’ को प्रमोशनका लागि शुक्रबार काठमाडौं उत्रिएका छन् । उनलाई ‘रिसिभ’ गर्न निर्देशक एभरेष्ट सूर्य बोहरा, मुख्य सहायक निर्देशक सुदीप कुँवर,सहनिर्मात्री तथा अभिनेत्री सविता गुरुङ लगायतका कलाकर्मी त्रिभुवन अन्तरराष्ट्रिय बिमल स्थल पुगेका थिए । स-परिवार स्वदेश आएका उनलाई बिमान स्थलमा पन्चकन्याले स्वागत गरेका थिए ।

चैत्र १८ मा प्रदर्शन हुने ‘हेल्लो जिन्दगी’ मा बिक्रम प्रमुख भूमिकामा छन् । उनले करिब चार बर्षपछि यही चलचित्रको प्रमोशन तथा रिलिजका लागि आफू मातृभूमि फर्किएको बताए । हरेक कोणबाट चलचित्र गुणस्तरिय बनेकाले आफू निकै आशावादी रहेको उनले सुनाए । बिक्रम पत्नी तथा ‘हेल्लो जिन्दगी’ की निर्मात्री हिराल जोशीले कन्टेन दह्रो रहेकाले दर्शकले फिल्म मन पराउने बिश्वास ब्यक्त गरिन् ।

पछिल्लो समय प्रचारप्रशारमा खरो रुपमा उत्रिएको ‘हेल्लो जिन्दगी’ मा बिक्रमका साथमा प्रियंका कार्की,विल्सन बिक्रम राई,बिक्रान्त बस्नेत, निर्देशक बोहरा स्वयम्,सबिता गुरुङ,सनमकुमार बैराग,बिभिया श्रेष्ठ,जानकी पन्त (जुन),ध्रुव दत्त,कुमुद पन्तलगायतको अभिनय छ । सत्य घटनाबाट प्रभावीत फिल्मको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन् । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया लाइन प्रोड्युसर छन् । ‘हेल्लो जिन्दगी’ को केही दिन अघि ‘कता कता’ बोलको रोमान्टिक गीत सार्वजनीक गरिएको थियो । अब छिट्टै नै लोकशैलीको एक गीत दर्शकमाझ ल्याउने तयारी गरिएको जानकरी निर्देशक बोहराले दिए ।

Leave a Reply