दिनेश राउतको लभस्टोरी चलचित्रमा गायकबाट नायक बन्दै स्वप्‍न सुमन

चर्चित गायक स्वप्‍न सुमनले अब चलचित्रमा अभिनय गर्ने भएका छन् । दिनेश राउतले निर्देशन गर्ने आगामी अनटाइटल चलचित्रमा स्वप्‍न नायकको भूमिकामा देखिनेछन् ।

लभस्टोरी फिल्ममा प्रमाणित निर्देशक दिनेश राउतले चर्चित गायक स्वप्न सुमन (थापा) लाई मुख्य भूमिकामा लिएर एक लभस्टोरी फिल्म बनाउने भएका छन् । पछिल्लो रिलिज फिल्म ‘प्रकाश’को समयमा उनले स्वप्नसँग नयाँ फिल्मका लागि सम्झौता गरेका थिए । आगामी बैशाखबाट छायांकन हुने फिल्म शहर केन्द्रित कथावस्तुमा निर्माण हुनेछ । विकास सुवेदीले पटकथा लेखिरहेका छन् ।

Leave a Reply