सृष्टिको ‘राधा’ तस्बिर साउथ एसियन फिल्म फेस्टिभलमा छनोट

अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘राधा’ तस्बिर साउथ एसियन फिल्म फेस्टिभल ‍(टीएसएएफएफ- २०२२) मा छनोट भएको छ । चलचित्रका निर्देशक सुवर्ण थापाले चलचित्र छनोट भएको इमेल प्राप्त गरेको जानकारी दिए । सियाटलमा नोभेम्बर ३ देखि १३ सम्म हुने महोत्सवमा विश्वका राम्रा सिनेमाहरू छनोट हुन्छन् ।

यसअघि पनि थापाको चलचित्र ‘सुनगाभा’ टीएसएएफएफमा छनोट भई पालिक च्वाइस अवार्ड जितेको थियो । मौलिक कथामाथि बनेको ‘राधा’ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको छ । गत भदौ १० गते रिलिज भएको चलचित्रले हलमा शो बाँडफाँटमा अन्याय गरेको भन्दै बीचमै प्रदर्शन रोकेको थियो । निर्माण टिमले गत मंगलबार आकस्मिक पत्रकार सम्मेलन गर्दै चलचित्रको प्रदर्शन रोक्ने निर्णय गरेको थियो । ‘राधा’सँगै प्रदीप खड्का स्टारर ‘प्रकाश’ पनि प्रदर्शनमा आएको थियो। यो चलचित्र अहिले हलमा लागिरहेका छन् । चलचित्रलाई कम दिएको भन्दै ‘प्रकाश’ले विरोध जनाएपछि यो चलचित्रले भने राम्रै शो पाइरहेको छ ।

‘द सिक्रेट अफ राधा’लाई अभिनेता सौगात मल्लसँग मिलेर निर्देशक थापाले निर्माण गरेका हुन् । चलचित्रमा सृष्टिका अलावा सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, राजन खतिवडा, लोकेन्द्र लेखक, दयाहाङ राई, निश्चल बस्नेत, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । ‘राधा’ आमाको सम्झनामा निर्माण गरेको निर्देशक थापाले बताएका छन् । चलचित्रमा रंगकर्मी सुनिल पोखरेल पनि अतिथि भुमिकामा देखिने छन् ।

Leave a Reply