पवन रानाभाट र रेखा जोशीको स्वरमा ‘जुनकिरी हरिया चुरा’ गीत सार्वजनिक(भिडियो)

गायक पवन रानाभाट र लोकप्रिय देउडा गायिका रेखा जोशीको स्वरमा तीज विशेष गीत सार्वजनिक भएको छ । ‘जुनकिरी हरिया चुरा’ बोलको उक्त गीतमा शब्द तथा संगीत झलक भट्टको रहेको छ। गीतको एरेन्ज र मिक्सिंग भने गायक रानाभाट स्वयंले गरेका हुन् ।

सुजन शर्माले निर्देशन गरेको उक्त गीतको भिडियोमा पवन र रेखानै फिचर्ड छन् । यस्तै, उक्त गीतको सिनेमाटोग्राफर रामकुमार के.सी. हुन् भने गीतकाे सम्पादन र कलर टेकेन्द्र शाहले गरेका छन् । आज बिहिबार सार्वजनिक भएको म्युजिक भिडियो ‘ठग लाइफ नेपाल’को युट्युब च्यानलमा उपलब्ध छ ।
भिडियो :

Leave a Reply