आमा बन्दै श्वेता खड्का

अभिनेत्री श्वेता खड्का आमा बन्ने भएकी छन् । श्वेता स्वयंले आफू आमा बन्न लागेको जानकारी मिडियालाई गराएकी हुन् । ६ महिनादेखि उनको गर्भमा बच्चा हुर्किरहेको छ । चिकित्सकको टोलीले उनको डेलिभरी समय आगामी कात्तिक अन्तिम वा मंसिर पहिलो हप्तालाई तोकेको जानकारी प्राप्त छ । श्वेताले २०७७ साल मंसिर २२ गते धनगडीका विजयन्द्र सिंह रावतसँग विवाह गरेकी थिइन् । त्यसअघि उनको विवाह अभिनेता श्रीकृष्ण श्रेष्ठसँग भएको थियो । श्रीकृष्णको निधनको केही वर्षपछि श्वेता र विजयन्द्रले विवाह गरेका हुन् ।

Leave a Reply