`कृष्ण लीला´का पुष्प र श्रद्दाको गज्जबको केमेस्ट्री!(तस्विर र भिडियोसहित)

भगवान श्रीकृष्णको जन्मदिन अर्थात कृष्णजन्माष्टमीको अवसार पारेर भदौ ३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षीत चलचित्र हो, ‘कृष्ण-लीला’ । प्रदर्शन मिति नजिकिंदै जाँदा चलचित्रको कलाकारसहितको टिम प्रचारप्रशारमा निकै व्यस्त रहेको छ । प्रचार-प्रसारलाई तीव्र बनाएको निर्माण टिमले साउन ३१ अर्थात् मंगलबार साँझ ५ बजे सिजी ल्याण्डमार्कमा फ्रि कन्सर्ट गर्दैछ।

प्रेमकथानक चलचित्र ‘कृष्ण लीला’ गीत-संगीतका कारण पनि चर्चामा छ । चलचित्रमा समावेश ‘कुनै दिन त्यो कथामा’ र‘ए मेरो हजुर’ रोमान्टिक गीतले दर्शकको मन जितेको छ । गीतले चलचित्रको व्यापारमा ठूलो राहत दिने देखिन्छ । गीत र संगीतबाहेक ‘कृष्ण लीला’ का ‘कृष्ण’ अर्थात् अभिनेता पुष्प खड्का र ‘लीला’ अर्थात अभिनेत्री श्रद्धा क्षेत्रीबीचको केमेस्ट्रीले पनि चौतर्फी तारिफ बटुलीरहेको छ । पुष्प र श्रद्धा गहिरो प्रेममा रहेको चर्चा पनि यतिबेला व्यापक छ ।

दीपक ओलीको निर्देशनमा बनेको चलचित्रको प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन । चलचित्रमा पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ,रबिन्द्र झा,भावना गुरुङ,नवीन रेग्मी,हिउँवाला गौतम,आयुषा क्षेत्री तथा बालकलाकर आयुष गुरागाईं मुख्य भूमिकामा छन् ।
तस्विरमा हेर्नुहोस् ‘कृष्ण-लीला’ जोडी





Leave a Reply