श्रद्धा क्षेत्री हिँडेरै हिले पुगेर बाढी पीडितलाई गरिन् सहयोग

निरन्तर परेको वर्षाका कारण दोर्दी खोलामा आएको बाढीले घरबास गुमाएका १९ परिवारलाई चलचित्र ‘कृष्ण लीला र हृदयभरी’ मा मुख्य अभिनेत्रीको रुपमा काम गरेकी श्रद्धा क्षेत्रीले लमजुङको दोर्दी गाउँपालिकामा रहेको हिले बजारमा पुगेर व्यक्तिगत रूपमा खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेकी हुन् । श्रद्धा बाढी पीडितलाई सहयोग गर्न घन्टौं हिँडेर लमजुङको दोर्दी पुगेकी छन् । अत्यन्त कठिन बाटोका कारण प्रायः सहयोग दाताहरुले लमजुङको बेशीसहर तथा भोटेओडारसम्म पुगेर सहयोग दिने गरेका थिए । श्रद्धासहितको टोलीले भने हिँडेरै बाढी पीडितलाई राखिएको अस्थायी बस्तीमा पुगेर सहयोग हस्तान्तरण गर्‍यो । उनीहरुलाई दोर्दी गाउँपालिकाका प्रमुख ओम बहादुर गुरुङले स्वागत गर्दै बाढी पीडितको पीडामा मल्हम लगाएकोमा धन्यवाद व्यक्त गरे ।

Leave a Reply