सौगात र दयाहाङको ‘२ नम्बरी’को टिजर सार्वजनिक, असोज २१ गते प्रदर्शन हुने

निर्देशक दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘२ नम्बरी’ को टिजर सार्वजनिक भएको छ । टिजरमा चलचित्रका मुख्य कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि तामाङ फिचर्ड छन् । टिजरमा कमेडी, रोमान्स र मित्रताको चित्रण गरिएको छ । चलचित्रमा दयाहाङ र उगेन तथा सौगात र उपासनाको जोडी बाँधिएको छ ।

चलचित्रको नयाँ प्रदर्शन मिति पनि घोषणा गरिएको छ । निर्माताले मंगलबार दुई नयाँ पोस्टर रिलिज गर्दै आगामी असोज २१ गतेलाई मिति तय गरेका हुन् । यसअघि यो चलचित्रको प्रदर्शन मिति आगामी कात्तिक ४ गतेलाई घोषणा गरिएको थियो। चलचित्रको सम्पूर्ण छायांकन २६ दिनमा सकिएको थियो । कास्कीको ल्वाङ गाउँदेखि छायांकन सुरु भएको चलचित्रको सम्पूर्ण छायांकन त्यही भएको हो ।

एउटा सुन्दर गाउँका २ जना साथी, उनीहरुको मित्रता र दुश्मनीको कथामा बन्ने चलचित्र ‘२ नम्बरी’ले समाजमा हुने गरेका २ नम्बरी कामलाई पनि उठान गर्नेछ । रेड बर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएक चलचित्रमा कार्यकारी निर्माताको रुपमा किरण नेपाली छन् । चलचित्रमा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र अमलादेवी राईको लगानी छ । भने, कार्यकारी निर्माता सरोज नेपाली हुन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

Leave a Reply