संगीतकार योगेन्द्र उपाध्यायका तीनवटा गीति एल्बम एकसाथ बिमोचन

संगीतकार योगेन्द्र उपाध्यायका तीनवटा गीति एल्बम एकसाथ बिमोचन गरिएको छ । राजधानीको जमल स्थित सांस्कृतिक संस्थानमा आयोजित एक कार्यक्रमका बिच योगेन्द्रका तीन एल्वम ‘सँगै हिडौंन’, ‘काटिमा कुटी’ र ‘क्लीयरकट’ एकसाथ बिमोचन गरिएको हो । सार्वजनिक तीनवटै एल्वमलाई डश म्युजिकले उत्पादन तथा वितरण गरेको छ ।

प्रमुख अतिथी बरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठ, बिशिष्ठ अतिथी बरिष्ठ गायिका ज्ञानु राणा, बिशेष अतिथी बरिष्ठ संगीतकार राजु सिंह, बरिष्ठ गायक शिव परियार, बरिष्ठ संगीतकार भुपेन्द्र रायमाझी, रेडियो नेपालका बोर्ड सदस्य तथा बरिष्ठ संगीतकार टिका भण्डारी, रोयल्टी संकलन समाजका महासचिव बि. पाण्डे, संगीतकार संघका अध्यक्ष पारस मुकारुङ, संगीत उत्पादक संघका अध्यक्ष सूर्य मगर, डश म्युजिकका कार्यकारी निर्देशक बरिष्ठ संगीतकार शंकर थापा ‘स्माइल’, संगीतकार योगेन्द्र उपाध्याय लगायतले एल्वम बिमोचन गरेका हुन् ।

बिमोचन कार्यक्रममा बोल्दै संगीतकार योगेन्द्र उपाध्यायले आफुले २०७६ सालमै पहिलो एल्बम रिलिजको तयारी गर्दै गर्दा कोभिडका कारण रोकिएको जनाए । २०७७ मा अर्को एल्बम तयार गरेर एकसाथ रिलिजको तयारी गर्दा कोभिडको दोस्रो लहर आएकोले सार्वजनिक गर्न नसकेको बताए । जसका कारण अहिले एकसाथ तिनवटा एल्बम सार्वजनिक गरेको उनको भनाई छ । योगेन्द्रले आफुले सिकेको संगीतका बिभिन्न सुरहरुलाई एल्बम मार्फत प्रस्तुत गरेको बताए । योगेन्द्रका तिनै एल्बम फरक फरक जनरामा छन् । ६ वटा गीत समावेश भएको ‘सँगै हिडौंन’ आधुनिक तथा गजल गीतहरुको संग्रह हो भने ७ वटा गीतहरु समावेश भएको ‘काटिमा कुटी’ लोक फ्लेवरका गीतहरु समावेश भएको एल्वम हो । यस्तै ७ वटा गीतहरु समावेश भएको ‘क्लीयरकट’ वेस्टर्न फ्लेवरका गीतहरुको संग्रह हो ।

२०६८ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेका योगेन्द्रले २०७१ सालको राष्ट्रब्यापी खुल्ला आधुनिक गीत प्रतियोगीतामा संगीत तर्फ प्रथम स्थान हासिल गरेका थिए । २०७५ सालमा योगेन्द्रलाई रेडियो नेपालले ‘ए’ ग्रेडका संगीतकारको सर्टिफिकेट प्रदान गरेको थियो । गायक, गीतकार तथा संगीतकारहरुलाई रेडियो नेपालले प्रतिष्पर्धाका माध्यमबाट उत्कृष्ट भएकाहरुको मुल्याङकन गरि ग्रेडिङ गर्ने हुँदा योगेन्द्र‘ए’ ग्रेडका संगीतकारठुलो उपलब्धी भएको संगीतकार टिका भण्डारी जनाएका छन् ।

२०६७ र २०६८ सालको भत्ति संगीत प्रतियोगीतामा प्रथम भएको योगेन्द्रले २०७१ सालको राष्ट्रब्यापी खुल्ला आधुनिक गीत प्रतियोगीतामा संगीत तर्फ प्रथम स्थान हासिल गरेका थिए । योगेन्द्रले त्रिभुवन बिश्व बिद्यालयबाट संगीतमै मास्टर्स गरि ‘ललितकलाचार्य’ उपमा समेत प्राप्त गरेका छन् ।

Leave a Reply