बुढेसकालसम्म आकाश र पूजाको माया (फोटो फिचर)

अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको जोडी अभिनीत चलचित्र ‘सम्झना बिर्सना’को छायाँकनकाे केही तस्वीर पूजाले शनिबार सामाजिक संजालमा पोष्ट गरेकी छन्। पोष्ट गरेको तीन तस्वीरहरुमा उनको, आकाश र शिशिर राणाको कपाल फुलेको छ । उक्त तस्वीरहरुमा उनीहरुको बुढेसकालको अवस्थालाई देख्न सकिन्छ । सार्वजनिक तस्बिरले चलचित्रप्रति कौतुहलता पैदा गरिदिएको छ ।

निमेष प्रधानको निर्देशनमा बनिरहेको चलचित्र आदित्य फिल्मसको ब्यानरमा निर्माण भइरहेको छ । चलचित्रलाई शिव ढकालले खिचिरहेका छन्। वेस्ट बेंगलका रमणीय स्थानमा ‘सम्झना बिर्सना’को छायाङ्कन गरिने निर्माण पक्षले बताएको छ ।

चलचित्र ‘सम्झना बिर्सना’मा पूजा र आकाशसँगै छुल्ठिम गुरुङ, सुनिल थापा, शिशिर राणा, मेनुका प्रधान, मदन भुजेललगायतका कलाकारको पनि मुख्य भूमिका छ । ‘रामकहानी’बाट सहकार्य सुरु गरेको र दर्शकले अत्यधिक रुचाएको यो पूजा- आकाशको जोडी ‘समहालिन्छ कहिले मन’, ‘पोइ पर्यो काले’ र ‘सम्झना बिर्सना’मा पनि संगै छन्। ।

चलचित्र ‘समहालिन्छ कहिले मन’को ‘रामकाहानी’पछि छायाँकन सुरु भएको थियो र अहिले प्रदर्शनको तयारीमा छ ।

Leave a Reply