पहिले सन्तान बन्छु अनि आमा, ट्रेलर सार्वजनिक (भिडियो)

नेपालमा बनेको पहिलो चलचित्र ‘आमा’को नाम सापटी लिएर निर्माण गरिएको दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘आमा’ को राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको छ । खनाल यो चलचित्रका लेखक तथा छायाँकार समेत हुन् ।

आमाको महत्व र मायालाई दर्साइएको चलचित्रको ट्रेलर भावनात्मक छ । चलचित्रमा आमाको भूमिकामा मिथिला शर्मा छिन । ट्रेलर हेर्दा चलचित्रको मूल कथा पिताको वरिपरि घुमेको लाग्छ । तर, चलचित्रको टाइटलझैं कथा पनि आमामै केन्द्रित रहेको निर्देशक दीपेन्द्र के. खनाल बताउँछन् ।

चलचित्रकी अर्की लिड कलाकार सुरक्षा पन्त हुन् । फस्टलुक पोस्टरमा देखिएको उनको भिन्न लुक्स जसमा उनको कपालको आधा भाग कोटिएको थियो,दर्शकलाई निकै चकित बनाएको थियो । सुरक्षा र मिथिलाका अलावा चलचित्रमा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुषाल, टीका पहारीलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

चलचित्रलाई निर्देशक खनाल आफैले खिचेका हुन् । आमा बुवाको लागी छोराले निभाउने कर्तव्य छोरीले पनि उसैगरी निभाउनु पर्ने सन्देश ट्रेलरले दिएको छ । चलचित्रको छायांकन काठमाण्डौ र रामेछापमा भएको हो । चलचित्र फागुन ९ (महाशिवरात्री) मा प्रदर्शन हुँदैछ ।

Leave a Reply