‘मेरो भ्वाइस र डान्स युनिभर्स’ को घोषणा, विजेतालाई ७५ हजार डलर

इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले एकसाथ दुई टेलिभिजन रियालिटी शो आयोजना गर्ने भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमकाबीच एकसाथ दुई शोको घोषणा भएको हो । नेपालमै सर्वाधिक ठूलो धनराशि भनिएको शोमा विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको सहभागीता रहने जनाइएको छ ।

‘मेरो भ्वाइस यूनिभर्स’ का विजेताले ७५ हजार डलर पुरस्कार पाउनेछन् । यस्तै, फस्ट रनरअपले २५ हजार र सेकेन्ड रनरअपले १० हजार डलर पुरस्कार पाउनेछन् । यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेताले पनि ७५ हजार डलर पुरस्कार पाउनेछन् । यो शोको फस्ट रनरअपले २५ हजार र सेकेन्ड रनरअपले १० हजार डलर पुरस्कार पाउने कार्यक्रममा फाउन्डेसन अध्यक्ष डिल्ली अधिकारीले जानकारी जानकारी दिए ।

यो शोमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरुले इन्ट्रा फाउन्डेशनको एप डाउनलोड गरेर फर्म भर्न सक्नेछन् । अगष्ट महिनादेखि सुरु हुने अडिसन डिसेम्बर ३१, २०२२ सम्म जारी रहने पत्रकार सम्मेलनमा अध्यक्ष अधिकारीले जानकारी गराए ।

यस्तै, जनवरी १ बाट भने प्रतिस्पर्धीलाई विश्वका विभिन्न स्थानमा बोलाएर अडिसन गरिनेछ । अधिकारीका अनुसार, नेपालको पूर्व, मध्य र पश्चिमाञ्चलमा अडिसन हुनेछ । यस्तै, क्यानडा र अमेरिकामा भने १–१ स्थानमा अडिसन गरिनेछ । यी बाहेक अन्य देशमा प्रतिस्पर्धीको संख्याको आधारमा अडिसन हुने बताइएको छ । फेब्रुुअरी २८ तारिखसम्म फिल अडिसन सकेर साइटलेस अडिसनका लागि छनोट भएका प्रतिस्पर्धीलाई नेपालमा ल्याउने इन्ट्रा फाउन्डेशनका अध्यक्ष अधिकारीले बताए ।

Leave a Reply