‘कृष्ण लीला’ ट्रेलरमा पुष्प र श्रद्धाको प्रेम र विछोड

प्रेमकथानक चलचित्र ‘कृष्ण लीला’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । बिहीवार सार्वजनिक भएको २ मिनेट ५५ सेकेन्ड लम्बाईको ट्रेलरमा चलचित्रका दुई पात्र कृष्ण (पुष्प खड्का) र लीला (श्रद्धा क्षेत्री) बीचको प्रेम र विछोडलाई देखाइएको छ । अटिजम पीडित युवकले एक महत्वाकांक्षी युवतीलाई मन पराएपछि आउने उतारचढाव चलचित्रको कथावस्तु हो ।

दीपक ओलीको निर्देशनमा बनेको चलचित्रमा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाई लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्रमा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको यो चलचित्रमा प्रकाश राज कार्की र केवल तामाङ निर्माता, पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्मातामा छन् । चलचित्रमा पुष्पले सुस्त मनस्थिति भएको युवकको भूमिका निर्वाह गरेका छन् । यो चलचित्र कृष्ण जन्माष्टमीको दिन पारेर आउँदो भदौ ३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

Leave a Reply