‘मनसँग मन’को ट्रेलरमा वर्षा र पुष्पको प्रेममा उतारचढाव

आगामी माघको २७ गतेदेखि प्रदर्शन हुन लागेको चलचित्र ‘मनसँग मन’को ट्रेलर सार्वजनिक भएको छ । प्रेमकथामा आधारित चलचित्रको ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु पुष्प खड्का र वर्षा सिवाकोटीको प्रेमलाई चित्रण गरिएको छ ।

पुष्प र वर्षा पहिलो पटक ठूलो पर्दामा स्क्रिन शेयर गरेका हुन् ।

यही माघ २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको कैलाश राईद्वारा निर्देशित फिल्म ‘मनसँग मन’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार सार्वजनिक २ मिनेटको ट्रेलरमा अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीको प्रेममा आउने उतार-चढावलाई देखाइएको छ । ट्रेलरको सुरुवातमा वर्षा पुष्पको प्रेममा छन् भने क्लाइमेक्सतिर उनको विवाह बुद्धि तामाङसँग भएको देखिन्छ ।

कैलाश राई निर्देशित यस चलचित्रमा वर्षा र पुष्पसँगै बुद्धि तामाङ, रविन्द्र झा, चाँदनी प्रधान, महेन्द्र बागदास, शन्ते दाल लगायतको पनि अभिनय छ । चलचित्रको एक गीत ‘मेरो त भाग्य’ मा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले नृत्य गरेका छन् । ‘चालबाज’ नाममा छायांकन भएको चलचित्रको पछि नाम परिवर्तन गरेर ‘मनसँग मन’ राखिएको हो ।

सौरभ इन्टरनेन्मेन्ट र बलाली प्रोडक्शनको ब्यानरमा अरुण तामाङले निर्माण गरेको चलचित्रको कथा र पटकथा निर्देशक राईले तयार पारेका हुन् । चलचित्रको वितरण रीच इन्टरटेन्मेन्ट,जी।जी।ए ग्रूप र एफ डि कम्पनीले गर्दैछ । चलचित्रमा अर्जुन जिसीको सम्पादन, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी र सन्तोष खवासको द्वन्द्व निर्देशन छ । सस्पेन्स लभस्टोरी कथामा निर्माण भएको चलचित्रको अधिकांश छायांकन दार्जिलिङ आसपासमा भएको हो । अर्जुन पोखरेल, अगोमा गुरुङ र दीपक शर्माको संगीत रहेको चलचित्रलाई सौरभ लामाले छायांकन गरेका हुन्।

Leave a Reply