भ्रष्टाचारविरुद्ध ‘प्रकाश’ को स्टेन्ड अप कमेडी टुर

भाद्र १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘प्रकाश’ ले असार ३१ र ३२ गते चितवनको भरतपुरबाट सुरु हुने गरि, काठमाडौंसहित ६ वटा शहरहरुमा ‘कमेडी टुर’ आयोजना गर्ने भएको छ ।

बटुवा कमेडी र कमेडी टुकटुकसंँगको सहकार्यमा हुन लागेको भ्रष्टाचार विरुद्धको ‘टेबल मुनीबाट’ कमेडी टुर, फिल्म प्रदर्शनको ठिक एक हप्ता अगाडि काठमाडौं र ललितपुरमा आएर टुङ्गिने छ । असार ३१ र ३२ मा चितवनबाट सुरु हुने कमेडी टुर, श्रावण ६ र ७ बुटवलमा, श्रावण १३ र १४ पोखरामा, श्रावण २० र २१ विराटनगरमा, श्रावण २७ र २८ हेटौडामा हुँदै भाद्र ३, ४ र ५ काठमाडौमा आएर टुंगिनेछ ।

उक्त टुरमा कमेडियनहरु आदर्श मिश्रा, आयुष श्रेष्ठ, एलेनजंग राणा, आशिष घिमिरे र पुजन अधिकारी सहभागी हुनेछन् भने काठमाडौँमा अन्य कलाकारहरु पनि हुने जानकारी चलचित्र निर्माण युनिटले जानकारी दिएको छ ।

कार्यक्रम हरेक शहरमा एउटा टिकट काटेर र अर्काे निःशुल्क गरि दुई दिन हुनेछ । कार्यक्रममा सहभागी हुन, हरेक हप्ता युवा स्टार प्रदीप खड्कासँगै चलचित्रका विभिन्न कलाकार समेत सहभागी हुनेछन् ।

Leave a Reply