प्रियंका र सृष्टिले ‘राधा पियारी’ तीज गीतमा लगाए थुम्का(फोटोफिचर र भिडियो)

सुवर्ण थापा निर्देशित चलचित्र ‘द सिक्रेट अफ राधा’को तीज गीत ‘राधा पियारी’को बुधबार छायांकन गरिएको छ । पशुपति मन्दिर परिसरको वृद्धाश्रममा छायांकन भएको गीतमा अभिनेत्रीयद्वय सृष्टि श्रेष्ठ र प्रियंका कार्की छमछमी नाचेका थिए । गीतमा कालीप्रसाद बाँस्कोटाले संगीत भरेका हुन् ।

चलचित्रमा सृष्टिको मुख्य भूमिका छ भने प्रियंका गीतको लागि मात्र फिचर्ड भएकी हुन् । तीजको गेटअपमा यी दुई अभिनेत्री निकै आकर्षक देखिएका थिए । कविराज गहतराजको नृत्य निर्देशन रहेको उक्त गीतलाई सञ्जय लामाले छायांकन गरिरहेका थिए । ‘द सिक्रेट अफ राधा’लाई अभिनेता सौगात मल्लसँग मिलेर निर्देशक थापाले निर्माण गरेका हुन् । आगामी भदौ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रले एकल आमाको कथा भन्छ ।



चलचित्रमा सृष्टि श्रेष्ठ, सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, राजन खतिवडा, लोकेन्द्र लेखक, दयाहाङ राई, निश्चल बस्नेत, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । ‘राधा’ आमाको सम्झनामा निर्माण गरेको निर्देशक थापाले बताएका छन् । चलचित्रमा रंगकर्मी सुनिल पोखरेल पनि अतिथि भुमिकामा देखिने छन् ।



आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुती र मन प्रोडक्सनको एसोसिएनमा निर्माण र बिरजना इन्टरटेनमेन्ट तथा बिक्रमदास जोशी सह-निर्माता रहेको चलचित्रमा सुवर्ण थापाको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।

तस्वीर : योगेन्द्र भुजेल/कोरिबाटी

Leave a Reply