नेपाली वीरताको गाथा : ‘नालापानी’ कात्तिक ४ मा प्रदर्शन हुने

चलचित्र ‘नालापानी’को प्रदर्शन मिति घोषणा गरिएको छ । ऐतिहासिक विषयवस्तुमा निर्माण भएको चलचित्रको तिहारको अवसर पारेर आगामी कात्तिक ४ गतेलाई प्रदर्शन मिति तोकिएको हो । शुक्रवार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा हो । यो चलचित्रले चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ स्पेशल अवार्ड पाएको थियो ।

रिमेश अधिकारीको निर्देशनमा बनेको चलचित्र सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले देखाएको साहसिक कदमको बिषयमा बनेको हो ।

चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।

Leave a Reply