‘लप्पन छप्पन २’ को शिर्ष गीत सार्वजनिक(भिडियो)

आगामी फागुन २० गते अर्थात् यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लप्पन छप्पन २’ को शिर्ष गीत सार्वजनिक भएको छ । बुलेट फ्लो र अशोक बस्नेतको स्वर रहेको गीतमा सुरज विक्रम थापाको शब्द तथा संगीत छ । पैसाका लागि मानिसहरुले गर्ने लप्पन छप्पन गीतमार्फत् व्यक्त गरिएको छ । लिरिकल गीतको भिडियोमा चलचित्रका दृश्यहरु पनि देखाइएको छ।

एक्सन जनरामा निर्मित चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रिजना सिना, रन्जीत ओन्तालगायतले अभिनयमा डेब्यु गर्दैछन् ।

नेपालसहित अस्ट्रेलिया र युरोपमा खिचिएको चलचित्रमा अघिल्लो पार्टमा पनि प्रमुख भूमिकामा रहेका सौगात र अर्पण नेगेटिभ रोलमा छन् । मुकुन्द भट्टद्वारा निर्देशित यो चलचित्र गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको संयुक्त ब्यानरमा निर्माण भएको हो ।

Leave a Reply