नायिका ऋचा शर्माको बिहे चर्चा केही समयदेखि चलिरहेको छ ।केहि समय अगाडी पोखरमा ‘व्याचलर्स पार्टी’ समेत गरिसकेकी ऋचाको विवाह मिति यो शनिबारलाई जुरेको छ।
ऋचाले पनि लामो समयदेखि घरबाट बिहेका लागि दबाब आएको बताउँदै आएकी थिइन् । उनै नायिका शर्माले, आफ्नो सामाजिक संजालको माध्यमबाट बिहेको साइत सार्वजनिक गरेकी छिन् ।
![](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.0-9/78804087_10162612048935024_8050622652517187584_n.jpg?_nc_cat=110&_nc_ohc=veLfsPE2WcIAQkWmQ5rcSgSIa1mUL5X4YeqpuEA5cGqMlPp5r9ZaA4kFw&_nc_ht=scontent.fktm8-1.fna&oh=95cfb2964ddb493601f616c4c777e69e&oe=5E6F4271)
मङ्सिर २१ अर्थात् डिसेम्बर ७ मा उनको लगनगाँठो दिपेश विक्रम राणा संग कसिदैछ। ऋचाले विवाहको मिति आज मात्र सार्वजनिक गरेकी हुन्। ऋचा केही समयदेखि दिपेश विक्रम राणाको प्रेम सम्बन्धमा छिन् । दिपेश ललितपुरको लाबिम मलका म्यानेजर समेत हुन् । करिव दुई बर्षको प्रेम सम्बन्धलाई यी दुईले विवाहको नाम दिएका हुन्।
नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रियक नायिका शर्माले बिहेको मिति सार्वजनिक गरेसँगै अब उनको घरजम पनि पक्का भएको छ । उनी अहिले ‘कमेडी च्याम्पिएन’ नामक रियालिटी शोको निर्णायक समेत छिन् ।