नीता र हरिहरको ‘ह्रस्व दीर्घ’मा ‘पुष्पा’का भिलेन सुनिल वर्मा

अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीको निर्माणमा तयार हुन लागेको चलचित्र ‘ह्रस्व दीर्घ’मा साउथका चर्चित कलाकार अनुबन्धित भएका छन् । सुपरहित साउथ चलचित्र ‘पुष्पा’का भिलेन सुनिल वर्माको चलचित्रमा प्रवेश भएको हो । निर्देशक चन्द्र पन्तले आइतवार भारतमा उनीसँग कागजी सम्झौता गरेका हुन् । उनी साउथ चलचित्रमा हाँस्य भूमिकामा सर्वाधिक रुचाएका छन् ।

चलचित्रको मुख्य भूमिकामा रियल लाइफमा पनि प्रेममा रहेका स्वयं नीता र हरिहर अधिकारी फिचर्ड हुँदैछन् । युवापुस्ताको प्रेमकथामा बन्न लागेको चलचित्र नेपाली र हिन्दी भाषामा निर्माण हुन लागेको छ । नीता फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्रको छायांकन नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा हुने जानकारी प्राप्त छ । चलचित्रलाई द्वन्द्व निर्देशक चन्द्र पन्तले निर्देशन गर्दैछन्।

Leave a Reply