नायिका सुरक्षाले ‘आमा ‘का लागि गरिन कपाल मुण्डन

अभिनेत्री सुरक्षा पन्त पछिल्लो समयको राम्रो अभिनय गर्ने नायिकामा पर्छिन । क्यारेक्टरमा डुबेर अभिनय गर्ने नायिका पन्तले आफ्नो छायांकनरत चलचित्र आमाका लागि आफ्नो कपालनै मुण्डन गरेकी छिन् ।

फरक भूमिकामा काम गर्न रुचाउने उनले विवाहित महिलादेखि लभर गर्लको भूमिकासम्म निभाइसकेकी छन् र आफूलाई एकैखाले भूमिकामा सीमित राख्न चाहन्नन् । फिल्मको सिनमा कपाल मुण्डन गर्नु पर्ने भएपछी उनले आफ्नो कपालको माया मारेकी हुन् । राम्रो चलचित्र बनाउने प्रयास भएकाले आफ्नो तर्फबाट कुनै कम्प्रमाइज गर्न नचाहेको उनी बताउँछिन् ।चलचित्रबाट उनी निकै आशावादी छिन् । निर्देशक दिपेन्द्र के खनालको यो ड्रिम प्रोजेक्ट भनिएको छ । ‘पशुपति प्रसाद’ पछि दर्शकले अर्को मनछुने कथामा ‘आमा’ हेर्न पाउने उनको दाबी छ । उनले पहिलो पटक कपाल मुण्डन गरेकी हुन् । कथाको माग अनुसार कपाल काटेको उनको भनाई छ ।

सिन्धुलीको गल्कोटमा केही सिन खिचेर फर्किएको निर्माण टिम काठमाडौँको झरीको पर्खाइमा छ । दर्के झरी नपर्दा यो फिल्मको छायांकन नियमित रुपमा हुन सकेको छैन । दैनिक कलाकार र प्राविधिकसहित पानी कुरेर बस्ने र पानी नपर्दा फिल्मको बजेट निकै बढेको निर्देशक खनालले बताए ।

फाल्गुन ९ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्रलाई शर्मिला पाण्डेको निर्माण रहेको छ ।

Leave a Reply