पुष्प, साम्राज्ञी र सन्दीपको ‘तिम्रो मेरो साथ’को मोफसल टूर सम्पन्न[फोटोफिचर]

पुष २९ बाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘तिम्रो मेरो साथ’को टिमले मोफसल टूर सम्पन्न गरेको छ । पर्यटकीय नगरी पोखराबाट सुरु भएको नेपाल टूर दमकमा गएर समाप्त भयो । पोखरामा प्रेस भेटघाट र चलचित्र प्रचार गरेपछि टिम चितवन झरेको थियो । चितवनका बिभिन्न क्याम्पस, हल र मलमा दर्शकसंग साक्षात्कार गरेको टिमले त्यहाँ चलचित्रको शिर्ष गीत पनि सार्वजनिक गर्यो ।


चितवन भ्रमणपछि कलाकार पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, सन्दीप क्षेत्री र निर्देशक रमेश एमके पौडेलसहितको टिम हेटौंडा हानिएको थियो । हेटौंडामा पत्रकार सम्हेलन गरेर टिमले चलचित्र बारे जानकारी दियो । हेटौंडाका संचारकर्मीसंगको सक्षात्कारपछि टिम सर्लाहीको लालबन्दी पुगेको थियो ।


लालबन्दीमा कन्सर्ट गरेको टिमले दर्शकको उल्लेख्य साथ पायो । साम्राज्ञी, पुष्प र सन्दीपले दर्शक झुमाए । दर्शक संख्या बढी हुँदा प्रहरीलाई भिड व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो । लालबन्दीमा साम्राज्ञी, पुष्प र सन्दीपको बबाल क्रेज देखियो । दर्शकहरु कलाकारसंग फोटो खिच्न उत्साहित देखिन्थ्ये । लालबन्दीको सफल भ्रमणपछि ‘तिम्रो मेरो साथ’ टिम इटहरी र दमक हानिएको थियो ।

सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण सिनेमामा शिव ढकालको छायांकन, सुवाष भुषाल/योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको सिनेमामा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ । सिनेमाको सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।

Leave a Reply