‘हनी बनी’ को बेलायतमा शुभ मुहूर्त गर्दै छायाङ्कन सुरु

दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्र ‘हनी बनी’को छायांकनमा सुरु भएको छ छ । सोमवार बेलायतमा शुभ मुहूर्त गर्दै चलचित्रको छायांकन सुरु गरिएको निर्देशक भट्टराईले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । चलचित्रको मुहूर्त सट अभिनेत्री जसिता गुरुङ, अभिनेता सलोन बस्नेत, सूर्यमाला खनाल र अर्जुन श्रेष्ठले दिएका थिए । छायांकन सुरु गर्नुभन्दा अगाडि निर्माण टिमले केक काटेर अभिनेत्री जसिता गुरुङको जन्मदिन पनि मनाएको थियो ।

कम्पनी एबी इन्टरनेशलको प्रस्तुती रहने चलचित्रमा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिडेटले सहकार्य गरेका छन् । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा अंकित गौतम छन् ।

चलचित्रको मुख्य नायकको भूमिकामा भारतीय मोडल अभिमन्यु तोमर छन् । चलचित्रमा उनको जोडी जसितासँग बाँधिने छ । भारतको दिल्लीमा जन्मिएका २७ वर्षिया अभिमन्युले ‘याद पिया के आने लगी’ गीतमा अभिनय गरेका छन् । ‘हनी बनी’ नै उनको पहिलो फिचर चलचित्र हो।

यस चलचित्रमा मुख्य अभिनेताको भूमिकामा अनमोल केसी अनुबन्धित भएका थिए तर, अन्तिम समयमा उनले चलचित्र छाडेका थिए। अभिनेता केसीले चरित्र निर्वाह गर्न सक्नेमा शंका व्यक्त गरेपछि निर्माण टिम र उनीबीच चलचित्र नगर्ने सहमति भएको थियो । केही दिन वर्कसप समेत गरेका उनको चलचित्रको छायांकनका लागि बेलायतको भिसा समेत आइसकेको थियो । त्यस्तै चलचित्रमा मुख्य अभिनेत्रीको रुपमा सारा सिरपाली अनुबन्धित भएकी थिइन् । तर, उनको भिसा नलागेपछि निर्माण टिमले उनको ठाउँमा जसितालाई अनुबन्ध गरेको हो ।

Leave a Reply