केकी र आँचलको ‘झिँगेदाउ’को गीत सुटिङ, खिच्न लाग्यो १५ लाख(फोटो फिचर र भिडियो)

ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भैरहेको चलचित्र ‘झिँगेदाउ’को एक गीत बाहेकको छायांकन कोरोना महामारी अगाडी नै सकिएको थियो । निर्देशक देउजाले गीत बाहेकको पोष्ट-प्रोडक्सनको काम पनि सकाई सकेका छन् ।

केही दिन यता निर्देशक देउजा ललितपुरस्थित श्रीकाली चौरमा बाँकी रहेको चलचित्रको एक गीतको छायांकन गरिरहेका छन् । बुधबार चलचित्रको इन्डक्ल्याप राखिएको थियो । तर, बर्षात्का कारण चलचित्रको छायांकन बिहीबार मात्रै सकिने भएको छ । निर्देशक देउजाले चलचित्रको गीतमा मात्रै १५ लाख बढि खर्च भएको बताए ।

चलचित्रको कथाको डिमाण्ड अनुसार कुनैपनि कम्प्रमाइज नगरी गीतको छायांकन गर्दा बजेट राम्रै खर्च भयो । काम निकै राम्रो भइरहेकाले बजेट बढ्दा पनि कुनै गुनासो नरहेको निर्देशक देउजाले सुनाए । केही दिनमा चलचित्रको गीत रिलिज गर्दै सिनेमाको प्रचार आरम्भ गर्ने तयारी निर्माता तथा निर्देशक देउजाको छ । चलचित्र आगामी भदौ अन्तिम साता रिलिज हुनेछ ।




चलचित्रमा समावेश गीतको कोरियोग्राफी रामजी लामिछानेले गरिरहेका छन् । गीतमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टलाई फिचर्ड गरिएको छ । गीतमा नाचिरहेका कलाकारले गीत निकै मिठो भएको हुँदा भिडियोमा पनि सोही अनुसार मेहनत गरिरहेको सुनाए । ‘ए माया तिमी विना जीवन चल्दैन’ बोलको गीतमा प्रविन बेडवाल र शान्ति श्री परियारको स्वर छ ।


कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको चलचित्र भिमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित रहेको छ । प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । चलचित्रमा सुलभ, समिक्षा र सुशिल निर्माताको रुपमा रहेका छन् ।



तस्वीर : भद्र बहादुर कार्की/कोरिबाटी

Leave a Reply