प्रकाश सपुतले आज अमेरिकाकाे डल्लासमा कन्सर्ट गर्दै

लोकप्रिय गायक तथा संगीतकार प्रकाश सपुतले आज अमेरिकाकाे डल्लासमा लाइभ कन्सर्ट गर्दै छन् । आहा प्रदक्सन, युवा फिल्मस् र सी ट्वान्टी डिजिटलको आयोजनामा हुन लागिरहेको “प्रकाश सपुत लाईभ ईन डल्लास ” कन्सर्ट डल्लासस्थित ह्याङ्गआउट रेस्टुरेन्ट र स्पोर्ट्स क्लब ३५५४ वेस्ट एयरपोर्ट फ्रीवेमा हुनेछ । कन्सर्ट आज मे २२,२०२२ आइतबारको दिन साँझ ६:३० बजे बाट सुरु भई मध्यरात १:०० बजे सम्म चल्नेछ ।

कन्सर्टको टिकट शुल्क ३० डलर तोकिएको छ । सपुतले आफ्ना चर्चित नयाँ पुराना गीत गाउने छन्। यति बेला सपुत अमेरिकाको विभिन्न शहरमा कार्यक्रम गर्दैछन् ।

Leave a Reply