साम्राज्ञी र पुष्पको ‘तिम्रो मेरो साथ’ को डबिङ सुरु

चलचित्र ‘तिम्रो मेरो साथ’ को डबिङ सुरु भएको छ । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहले दोस्रो पटक सहकार्य गरेको उक्त चलचित्रको निषेधाज्ञाभन्दा अगाडि छायांकन सकिएको थियो । निषेधाज्ञा खुकुलो भएसँगै चलचित्रको डबिङ सुरु भएको हो । बुधवारदेखि पुष्प, साम्राज्ञी र सन्दिप क्षेत्रीले आफ्नो भागको डबिङ सुरु गरेको चलचित्रका निर्देशक तथा निर्माता रमेश एमके पौडेलले जानकारी दिए । चलचित्रको रेड स्टूडियोमा पोष्ट प्रोडक्सनको काम भइरहेको छ ।

चलचित्रमा सरोज खनाल, इमिली लामा, खगेश्वर पुन मगर (खबपू) लगायतको पनि अभिनय रहेको छ । सविर श्रेष्ठको कथा र योगेश काजीको संगीत रहेको फिल्मको निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, सुमन पौडेल र सुधिर पराजुली छन् । चलचित्रमा शिव ढकालको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । बोधी एचडी र आर्यन फिल्मस्को ब्यानरमा निर्माण भएको यो लभस्टोरी ड्रामाका कार्यकारी निर्माता सविर श्रेष्ठ हुन् ।

Leave a Reply