अवतारको दोस्रो भाग ‘अवतारः द वे अफ वाटर’ १६० भाषामा प्रदर्शन हुने, नेपालमा पुस १ गते

विश्वमा सबैभन्दा धेरै कमाइ गरेको हलिउडको चर्चित चलचित्र ‘अवतार’ दोस्रो भागको प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र १६ डिसेम्बरमा विश्वभरका हलहरुमा प्रदर्शन हुँदैछ । प्रदर्शन मितिसँगै चलचित्रको फर्स्ट लुक पनि सार्वजनिक गरिएको छ । अवतारको सिक्वेलको शीर्षक ‘अवतारः द वे अफ वाटर’ राखिएको छ । चलचित्र निर्माता जेम्स क्यामरुनले यो घोषणा गरेका हुन् ।

‘अवतार: द वे अफ वाटर’ मा केट विन्सलेट, साम वर्थिङ्टन, जोए साल्दाना, स्टीफन लङ, विन डिजेल, एडी फाल्को, क्लिफ कर्टिस, सिगौर्नी वीभर, जियोभन्नी रिबिसी, मिशेल योह, जर्मेन क्लेमेन्ट, उना च्याप्लिन र अन्य कलाकारहरूले अभिनय गर्नेछन्। यो साइफाइ एडभेन्चर फिल्म विश्वभर १६० भाषामा प्रदर्शन हुने बताइएको छ । चलचित्र पूरै पानीमुनि छायांकन गरिएको छ । एनिमेसन, भिएफएक्स र एक्शनले भरिपूर्ण अवतार २५ करोड डलरको ठूलो बजेटमा बनाइएको छ, यसलाई अहिलेसम्मकै सबैभन्दा महँगो फ्रेन्चाइज बनाइएको छ।

Leave a Reply