‘चपली हाइट ३’को प्रदर्शन हलहरु बन्द भएपछी सर्‍यो

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल सरकारले बिहीवारबाट देशभरका सिनेमा हलहरु बन्द गर्ने निर्णय गरेसँगै चैत र बैशाख दोस्रो सातासम्म प्रदर्शनका लागि तयारी अवस्थामा रहेका नेपाली चलचित्रको रिलिज भद्रगोल भएको छ । बिहीवारबाट सम्पूर्ण सिनेमा हल बन्द भएपछि निर्माताहरु चलचित्रको प्रदर्शन सार्न बाध्य भएका छन् ।

यही चैत २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको निकेश खड्का निर्देशित सस्पेन्स-थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘चपली हाइट ३’ को पनि प्रदर्शन रोकिएको छ । निर्माता अर्जुन कुमारले हल बन्द भए मात्र चलचित्र सार्ने बताएका थिए । निर्माण पक्षले एक विज्ञप्ति जारी गर्दै सरकारले चालेको कदमलाई आत्मसाथ गर्दै अर्को सूचना न आए सम्मको लागी चलचित्रको प्रदर्शन मिति स्थगित गरिएको बताएको छ ।

यो चलचित्रमा सुपुष्पा भट्ट , स्वस्तिमा खड्का, अर्पण थापा, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक, विशाल पहारीलगायतका कलाकारहरुको अभिनय छ । आकाश बरालको पटकथा तथा संवाद रहेको चलचित्रमा सुभाष भुषाल र अर्जुन कुमारको संगीत छ । अष्ट महर्जनले चलचित्रको एक्सन दृश्यको कोरियोग्राफी गरेका हुन् ।

Leave a Reply