वर्षा सिवाकोटी हनिमुन मनाउन पोखरामा

अभिनेत्री वर्षा सिवाकोटी बैशाख ९ गते विवाह बन्धनमा बाँधिइन् । उनले आशिष गेलालसँगको विवाहमा परिणत गरेकी हुन् । वर्षाले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू विवाह बन्धनमा बाँधिएको जानकारी गराएकी थिइन्। वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा थिए । अमेरिकामा बसोबास गर्ने आशिष इन्जिनियर हुन् ।

उनीहरु अहिले पोखरामा हनिमुन मनाइहेका छन् । वर्षाले पोखरा पुगेर तस्बिर र भिडियोहरु इन्स्टाग्राम स्टोरीमार्फत शेयर गरेकी छिन् । वर्षाका श्रीमान् आशिषले पनि आफ्नो र वर्षाको रोमान्टिक तस्विर र भिडियो शेयर गरेर पोखरामा रहेको जनाएका छन् । विवाह समारोहका सबै तस्बिर वर्षाले फ्यानका लागि सार्वजनिक गरेकी थिइन् ।

Leave a Reply