‘सम्झना बिर्सना’ को गीतमा पूजा र आकाशको रोमान्स

अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको प्रमुख भूमिकामा रहेको चलचित्र ‘सम्झना-बिर्सना’ को ‘परेलीमा..’ बोलको रोमान्टिक गीत सार्वजनीक गरिएको छ । निमेष प्रधानको निर्देशीत चलचित्रको गीत आइतबार राजधानीमा प्रेसमिट गरि प्रदर्शन गरिएको हो । दार्जिलिङका रमणीय स्थलहरुमा खिचिएको गीतमा अञ्जु पन्त र निर्देशक निमेषको स्वर छ । पूजा र आकाश फिचर्ड गीतको शब्द र संगीत पनि निर्देशक निमेषकै हो ।

०७९ को जेठ ६ गते प्रदर्शन हुने चलचित्रको प्रस्तुतकर्ता अद्वितीय प्रधान हुन भने निर्मातामा रेबिका प्रधान छिन् । आरआर फिल्मस्ले बितरण गर्ने चलचित्रमा पूजा र आकाशका साथमा सुनील थापा,शिसिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् । दार्जिलिङ,सिल्गुढी तथा सिक्कीमका रमणीय स्थानमा खिचिएको चलचित्रको कथा र पटकथा निर्देशक निमेषकै हो भने सम्वाद लेखनमा उनलाई शिसिर राणाले साथ दिएका छन् ।

आदित्य फिल्म्स्को प्रस्तुति रहेको ‘सम्झना बिर्सना’ शिब ढकालले खिचेका हुन भने सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन् । चलचित्रका गीतमा राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । कमल राईको कोरियोग्राफी रहेको चलचित्रको प्रोडक्शन राम कार्की र कृष्ण प्रधानले सम्हालेका छन् । चलचित्रको ट्रेलर छिट्टै सार्वजनीक गरिने जानकारी निर्देशक निमेषले दिएका छन् ।

Leave a Reply