नम्रता, सारुक र विनयको मुख्य भूमिकामा ‘ग्रहण’ निर्माण हुने

चलचित्र ‘ग्रहण’ निर्माण हुने भएको छ । आइतवार सिक्किमको राजधानी गान्तोकमा सिक्किमका सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ शर्माको प्रमुख आतिथ्यतामा चलचित्रको निर्माण घोषणा गरिएको हो । राजिव गुरुङको निर्माण तथा निर्देशनमा बन्ने चलचित्रमा विनय श्रेष्ठ, नम्रता श्रेष्ठ र सारुक ताम्राकारको मुख्य भूमिका रहने भएको छ । चलचित्रको कथा निर्देशक गुरुङको नै हो ।

रे भेन्चर्स प्राइभेट लिमिटेडको संयुक्त व्यानरमा निर्माण हुने यो चलचित्र भारतको सिक्किममा ५० प्रतिशत र नेपालमा ५० प्रतिशत खिचिनेछ । हरी हुमागाईंको छायांकन र प्रविन श्रेष्ठको सम्पादन रहने चलचित्रको स्क्रिप्ट र स्क्रिनप्ले विशाल सापकोटाले तयार पारेका हुन् ।

Leave a Reply