स्किन सिटीको सिइओमा वर्षा सिवाकोटी नियुक्त

अभिनेत्री वर्षा सिवाकोटी ललितपुरको भैसेपाटीमा अवस्थित नेपाल मेडिसिटी हस्पिटल अन्तर्गत रहेको स्किन सिटीको सिइओ नियुक्त भएकी छन्। उनले एक विज्ञप्ती जारी गर्दै आफु सिइयोमा नियुक्त भएको जानकारी दिएकी हुन्। उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘अभिनयसँगै आफ्ना पाइला व्यापारिक क्षेत्रमा पनि अगाडी बढाएको जानकारी गराउन चाहन्छु ।

छाला, कपाल तथा नङसँग सम्बन्धित काम हुने स्किन सिटीमा आबद्ध भएसँगै सुभेच्छुकको साथ, सहयोग र सुझाबको अपेक्षा गर्नु मेरो दायित्व हो । स्किन सिटीलाई नयाँउचाइमा लैजाने मेरो पहिलो प्रतिबद्धता हुनेछ । मैले पाएको यो जिम्मेवारीलाई राम्रोसँग निर्वाह गर्नेछु । स्किन हस्पिटलमा मेरो पनि केहि शेयर रहेको बताउन चाहान्छु।’ उनले फिल्म क्षेत्रमा र व्यापारिक रुपमा पनि अघि बढ्दै गर्दा चुनौतीहरु धेरै रहेको बताएकी छन्। उनले फिल्म क्षेत्रमा मात्र नभइ व्यापारिक क्षेत्रमा पनि चुनौतीका अलवा सम्भावनापनि धेरै देखेको विज्ञप्तीमा उल्लेख गरेकी छन्। लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय रहेको र सबैले मन पराइदिएको भन्दै अब व्यापारिक रुपमा सफल बनाइदिनेमा आशा व्यक्त गरेकी छन्।

उनले भैसेपाटीमा मात्रै रहेको स्किन सिटी बिस्तारै काठमाडौंका विभिन्न स्थानमा शाखा बिस्तार गर्ने योजना समेत बताएकी छन्। उनले विज्ञप्तीमार्फत भनेकी छन,‘हरेक मानिसको सौन्दर्यले मात्रै उनीहरुको आत्मविश्वास वढ्छ । हामीले स्किन सिटीमार्फत अत्याधुनिक मेसिनबाट छाला, कपाल र नङ्सँग सम्वन्धितकुनैपनि समस्याको खोज, समाधान र उपचारमा हामीले अनुभवी डाक्टरबाट अत्यन्तै आधुनिक प्रविधिबाट उपचार गर्नेछौं।’

Leave a Reply