‘परदेशी २’ दशैंमा प्रदर्शन हुने

चलचित्र ‘परदेशी २’ आगामी दशैंमा प्रदर्शन हुने भएको छ । निर्माण पक्षले बुधबार चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गर्दै चलचित्र दशैंमा प्रदर्शन हुने घोषणा गरेको हो । चलचित्रको कथा नै दशैंसँग जोडिएकाले दशैंमा प्रदर्शन गर्दा राम्रो हुन्छ भन्ने धारणा निर्माण टिमको रहेको छ । तर, चलचित्रको प्रदर्शन मिति भने तोकिएको छैन । फस्टलुक पोस्टरमा चलचित्रका मुख्य कलाकार प्रकाश सपूत, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी र वर्षा सिवाकोटी फिचर्ड छन् । पोस्टरमा उनीहरु सबै गम्भीर देखिएका छन्।

नारायण रायमाझीले निर्देशन रहेको यो चलचित्र २०१५ मा आएको सुपर हिट चलचित्र ‘परदेशी’ को सिक्वेल हो । नेपाल र अमेरिकामा छायांकन भएको यस चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, बिबि अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी र दीर्घ खड्काको सम्पादन छ ।

रमेश विजीले लेखेको यस चलचित्रलाई निर्देशक रायमाझी र राजेश वंशलले निर्माण गरेका हुन् । ‘परदेशी २’ मा विदेश पढ्न गएका विद्यार्थीको दुःख र त्यहाँको संघर्ष देखाइनेछ । यस चलचित्रबाट गायक प्रकाश सपुतले नायकको रूपमा डेब्यू गर्न लागेका हुन् ।

Leave a Reply