‘बगान’बाट चलचित्र निर्देशनमा डेब्यू गर्दै सरोज खनाल

अभिनेता सरोज खनालले चलचित्र निर्देशनमा डेब्यू गरेका छन् । उनी चलचित्र‘बगान’ बाट निर्देशकको रुपमा डेब्यू गर्न लागेका हुन् । यसअघि उनले केहि म्यूजिक भिडियो र सर्ट मुभी निर्देशन गरिसकेका छन् । यतिबेला छायांकन भइरहेको चलचित्रमा करिश्मा मानन्धर, नीर शाह र प्रमिला कार्कीको मुख्य भूमिका छ भने सरोज स्वयं अतिथी भूमिकामा प्रस्तुत भएका छन् ।
सामाजिक विषयवस्तुमा आधारित चलचित्रलाई सुरेश वाग्लेसँग सहकार्य गरेर सरोज आफैंले निर्माण गरेका हुन् ।

गौरीशंकर धुजूको छायांकन रहेको चलचित्रमा हरि लम्साल र सुवास भुसालको संगीत र शिव मुखियाको पार्श्व संगीत छ । चलचित्रका गीतमा भने सुगम पोखरेल, अस्मिता अधिकारी र वाणिका प्रधानले स्वर दिएका छन् ।

Leave a Reply